बैशाख–९, स्काई मोवाईलमा आएको समस्यका कारण खोटाङका उपभोक्ता मारमा परेका छन् । 
एक जनालाई डायल गर्दा अर्कै व्यक्तीलाई फोन जाने, कल ड्राइभर्ट हुने, रिजार्च नहुने, फोन सम्पर्क भएपनि

आवाज नसुनिने लगायतका समस्यका कारण जिल्लाका उपभोक्ता मारमा परेका हुन् ।

खार्मी–१ कोथीकाका आफन्त पदम तामाङलाई फोन गर्दा नचिनेको महिलालाई फोन गएको युवा नेता नबिन राईले बताउनुभयो । यस्तै, बस काउण्टरका अमिर अधिकारीलाई गरेको फोन राजापानी सान्येकी एक महिलालाई गएको खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्रीले जानकारी दिनुभयो ।
गाविस सचिव हकहित केन्द्रका अध्यक्ष रमेश आचार्यलाई गरेको फोन मधेशीमुलका पुरुषले उठाएको हिमालय टाइम्स दैनिकका सम्बाददाता राजेन्द्र राईले बताउनुभयो । 
नेपाल टेलीकमको शाखा कार्यालयले भने महिना दिन अघिदेखि स्काई फोनमा आएको समस्यका बारेमा स्पष्ट नभएको जनाएको छ । टेलीकमले गुणस्तरीय सेवा प्रबाह गर्न नसकेर उपभोक्ता अधिकारमा ठगी गरेको युवा नेता राईको भनाइ छ ।