बैशाख–१३, खोटाङमा शनिबारदेखि ‘साहित्य कला महोत्सव–२०७०’ शुरु हुने भएको छ । 
जिल्लाको साहित्यीक, प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउने उद्धेश्यले बैशाख–१४ गतेदेखि १६ गतेसम्म ‘खोटाङ साहित्य कला महोत्सव’ सञ्चालन हुने भएको हो । 
स्थानीय कला, संस्कृति, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदालाई प्रचार–प्रसार गर्दै पर्यटन प्रबर्धनकालागि महोत्सवको आयोजना गरिएको आयोजक राष्ट्रिय वाङमय कला प्रतिष्ठान खोटाङका अध्यक्ष बिष्णु आभूषणले बताउनु भयो । 
तीन दिने महोत्सवको समापनपछि अतिथि तथा श्रष्टाहरुलाई जिल्लाको पर्यटकीय स्थलहरु रुपाकोटडाँडा, हलेसी, किरात सभ्यताको उद्गम थलो मानिने तुवाचुङ क्षेत्रको भ्रमण गराउने कार्यक्रम छ ।