बैशाख १७ । प्रत्येक घरमा शौचालय तथा सुधारिएको चुल्हो निर्माण भएपछि खोटाङको खिदिमा गाबिसलाई खुल्ला दिसा तथा घरभित्रको धुवाँ मुक्त क्षेत्र घोषणा गरिएको छ ।

गाबिसमा भएका सबै ४१८ घरमा वाटरशील चर्पी, खानेपानीको व्यवस्थापन तथा सुधारिएको चुल्हो निर्माण भएपछि गाबिसलाई एकैसाथ खुल्ला दिशा एबं घरभित्रको धुवाँ मुक्त क्षेत्र घोषणा गरिएको हो ।

खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय खोटाङ, जैबिक उर्जा प्रबर्धन केन्द्र रिमरेक र बालसेवा समाज नेपाल खोटाङको पहलमा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
यसअघि जिल्लाका नुनथला, जालपा, बाकाचोल, दिप्सुङ गाबिस खुल्ला दिसामुक्त तथा बिजयखर्क र बाँझेच्यानडाँडा घरभित्रको धुवाँमुक्त गाबिस घोषणा भइसकेका छन् ।