बैशाख–२१, खोटाङमा पहिलो पल्ट महिला तथा बालबालिका पुर्नस्थापना केन्द्र स्थापना गरिएको छ । 
जिल्लामा विभिन्न कारणबाट पीडित भएर अलपत्र बनेका महिला र बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले सदरमुकाम दिक्तेलमा जिल्लामै पहिलो पल्ट महिला र बालबालिका पुर्नस्थापना केन्द्रको स्थापना गरिएको हो । 
घरेलु हिंसामा परेर परिवार तथा समाजबाट वहिष्करणमा परेका महिलालाई लक्षित गरि गंैरसरकारी संस्था बालसेवा समाज नेपाल नेर्पाले पुर्नस्थापना केन्द्रको स्थापना गरेको हो । यस्तै, बालहिंसामा परेका बालबालिकालाई समेत संरक्षण गरी पुर्नस्थापना गरिएको समाजका अध्यक्ष दीपनारायण रिजालले बताउनुभयो । 
अभिभावक गुमाएका, खानलाउन नपाएका, पढ्न नपाएका, स्वास्थ्य उपचार नपाएका बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले एकैसाथ महिला तथा बालबालिका पुर्नस्थापना केन्द्रको स्थापना गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
पछिल्लो समयमा जिल्लामा थुप्रै महिला र बालबालिकाहरु अलपत्र परेका र उनीहरु खान, बस्न र अन्य व्यक्ति सरह बाँच्न पाउने अधिकारबाट वञ्चित भएको ठहर गर्दै मानवअधिकारको प्रत्याभुत दिलाउन केन्द्रको स्थापना गरिएको समाजले जनाएको छ ।