बैशाख–३०, खोटाङमा रक्सी खाएर होहल्ला गर्दै होटल तोडफोडमा संलग्न चार युवा पक्राउ परेका छन् ।
रक्सी खाएर सदरमुकाम दिक्तेल–१ स्थित वैंक चौकमा रहेको होटल सनराईज भ्यू एण्ड रेष्टुरेण्टको समाग्री तोडफोड गरेको अभियोगमा दोर्पाचिउरीडाँडा–५ का २२ वर्षीय जोसेफ राई, दोर्पाचिउरीडाँडा–१ का २१ वर्षीय दिपेश राई, याम्खा–९ का १८ वर्षीय कविन राई र २२ वर्षीय सुरेश राई पक्राउ परेका हुन् ।
रक्सी खाएर शनिबार राती उनीहरुले होटल तोडफोड गरेको प्रहरीले जनाएको छ ।