जेठ–१, खोटाङको नेर्पा गाविसलाई आगामी जेठ २३ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । 
खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय खोटाङ, गाउँ विकास समिति, वडास्तरीय सरसफाई समितिको सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको अगुवाईमा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । 
यसैवीच, अभियानलाई सफल बनाउन नेर्पा–६ लाई खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । वडाका प्रत्येक घरधुरीमा शौचालय निर्माण गरिएपछि वडालाई खुल्ला दिशामुक्त क्षेत्र वडा घोषणा गरिएको हो । 
अभियानलाई सफल बनाउने उद्धेश्यले निरौले प्रावि नेर्पालाई पनि खुल्ला दिशामुक्त विद्यालय घोषणा गरिएको रेडक्रसका सामाजीक परिचालक राधीका चौहानले जानकारी दिनुभयो । 
गाविसको वडानम्बर ४ र ९ वडालाई यसअघि नै खुल्ला दिशामुक्त वडा घोषणा गरिएको जनाइएको छ ।