जेठ–३, भरुवा बन्दुक प्रयोग गरेर खोटाङमा एक पुरुषले आत्महत्या गरेका छन् । बुइपा–८ का ४० वर्षीय फुलचन भनिने धनराज राईले आत्महत्या गरेका हुन् । 

मानसिक सन्तुलन ठीक नभएका राईले शुक्रबार बिहान आफैले चिउडोमा बन्दुक प्रहार गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले बताउनुभयो । एक्कासी बन्दुक प्रहारगरी आत्महत्या गरेका राईको शव पोष्मार्टम्का लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले

जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका उनले यसअघि पनि आत्महत्या गर्ने प्रयास गरेको छिमेकी मनिचन्द्र राईले बताउनुभयो । सामान्य विषयमा पनि रिसाउने, अनावश्यक झैझगडा गर्दै हिड्ने राईले पटक–पटक छुरी प्रहार गरेर आत्महत्या गर्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।