जेठ–४, पाहा मार्न गएको समयमा खोटाङका एक किशोरको लडेर ज्यान गएको छ । 

जिल्लाको उत्तरी गाविस जालपा–४ का १६ वर्षीय यमराज राईको पाहा मार्न गएको समयमा चिप्लिएर लड्दा ज्यान गएको हो । 
साथीहरुसँग जालपा र खार्मीको सिमानामा पर्ने लुम्जुखोलामा लडेर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले बताउनुभयो । 
बिहीबार राती लडेर मृत्यु भएको राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको उहाँले बताउनुभयो ।