जेठ–६, स्ववियु निर्वाचन नजिकीँदै गर्दा खोटाङमा पनि चुनावी प्रचारप्रसारलाई विद्यार्थी संगठनहरुले तिव्रता दिएको छ । 
आगामी जेठ–२३ गते हुने निर्वाचनका लागि जिल्लामा अस्तित्ववान विद्यार्थी संगठनहरुले प्रचारप्रसारलाई तिब्रता दिएको हो । 
जिल्लाका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अग्रगामी विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले विभिन्न ठाउँमा भित्ते लेखन गर्नुकासाथै पर्चापम्प्लेट टाँसेर चुनावी प्रचार गरिरहेका छन् । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमार्फत सबै विद्यार्थी संगठनले आफ्नो पक्षमा विद्यार्थीमत जुटाउने प्रयास गरिरहेको छ । 
आफ्नो संगठनलाई विजयी गराउँन विद्यार्थी नेताहरु दिनरात विद्यार्थीका कोठाकोठा पुगेर आ–आफ्नो एजेन्डाका बारेमा जानकारी गराइरहेका छन् ।