जेठ–७, सामान्यतया एउटा सरकारी कर्मचारीले सोचेका हुन्छन्, सेवा अवधि समाप्तीपछि राम्रो ठाउँमा घर बनाउने, सुखसँग परिवारका साथ बस्ने, बिलाशिताको जीवन बिताउने । तर, त्यस्तो सोचेनन् खोटाङको विजयखर्क–९ भैरमपुरका श्यामकुमार पोखरेलले । 
स्थानीय विकास मन्त्रालय अन्तरगत सस्टेन्शन ब्रिज डिभिजन कार्यालयमा सब–ईन्जिनियरका रुपमा १८ वर्षदेखि काम गर्दै आएका पोखरेलले गाउँका युवा शक्तिलाई गाउँमै रोजगार दिलाउन आधुनिक प्रविधिबाट बाख्रा पालन सुरु गरेका छन् । 
सात महिनाअघि अर्थात कात्तिक २० गते एकै साथ एक सय बाख्रा लगाएर उहाँले बाख्रा पालन व्यवसाय सुरु गरेका हुन् । अहिले उहाँको फर्ममा एक सय ५० वटा बाख्रा छ । सात महिनामै ५० वटा बाख्रा उत्पादनपछि पोखरेलको मन खुसी मात्र हैन, उत्साहले पनि उत्तिकै ठाउँ पाएको छ ।
पछिल्लो समयमा गाउँका युवा शक्ति विदेशिनेक्रम दिनानुदिन बढ्दै गइरहेकाले आफूले ती युवाशक्तिलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले व्यवसाय थालेको पोखरेलले बताउनुभयो । पोखरेलले छ जना कर्मचारी राखेर आधुनिक बाख्रा पालन सुरु गरेका हुन् । उहाँले एक जना भेटेरीनरी प्राविधिक लगायत छ जनालाई फर्ममा रोजगारी दिलाउनुभएको छ । पोखरेलले कर्मचारी तलबभत्ता तथा बाख्राका लागि आवश्यक आहारमा मासिक ७५ हजार रूपैया“ खर्च गर्ने गरेका छन् । 
यतिधेरै पू“जी लगानी गरेर बाख्रा पालन गर्ने पोखरेल जिल्लाकै पहिलो व्यवसायी पनि हुन् । उहाँले सुरुमै २० लाख रूपैया“ लगानी गर्नुभएको छ । पोखरेल भन्नुहुन्छ,–‘विदेश पलायन हुने युवा शक्तिलाई रोजगार दिलाउनकै लागि पैसा लगानी गरेका हुँ †’ उहाँको फर्ममा खरी, बारबरी क्रस र जमुनापारी क्रस बाख्रा तथा बोका लगाइएको छ । 
पोखरेलले अबको तीन वर्षदेखि वार्षिक १५ लाख रूपैया“ आम्दानी गर्ने सपना बुनेको बताउनुभयो । ‘खसीको मासुको बजार बढ्दो छ,’ पोखरेलले भन्नुभयो,–‘खोटाङमा उत्पादित खसी जिल्लामा मात्र होइन राजधानी लगायत अन्य सहरहरूमा समेत निर्यात गर्ने योजना बनाएको छु ।’ उहाँले थप्नुभयोे–‘हाम्रो देशमा भारत र चिनको ८० प्रतिशत आयातित बाख्राखसी तथा च्याङ्ग्रा खपत हुन्छ, त्यसलाई मध्यनजर गरेर मैले बाख्रा पालन सुरु गरेका हु“ ।’
परम्परागत ढंगले बाख्रा पालन गर्दै आएका यहा“का स्थानीयले पोखरेललाई यतिधेरै बाख्रा लगाउदा पागल भनेका रहेछन् । ‘मलाई बाख्रा लगाउदा पागल भए पनि भने’ पोखरेलले भने–‘अब चाही मेरो बाख्राको अवस्था देखेर हुने रहेछ भन्न थालेका छन् ।’
बढ्दो बेरोजगारलाई न्यूनिकरण गर्दै आर्थिक उपार्जनका काममा लागेका पोखरेलको सिको गर्न सके जिल्लाका विकास निर्माणमा ठूलो टेवा पुग्ने थियो ।