जेठ–१६ । सामान लुकाएको आरोपमा खोटाङमा एक युवतीलाई घर निकाला गरिएको छ ।

झोलामा राखिएको छिमेकीको सामान लुकाएको आरोपमा खोटाङको सिम्पानी–८, लोहोकिल बजारमा व्यवसाय गर्दै आएकी उदयपुर सल्ले–३ की १९ वर्षीय सीता रायलाई घर निकाला गरिएको हो ।

स्थानीय उत्तम कार्कीको घरमा व्यवसाय गर्दै आएकी सीताको पसलबाट हराएको आफन्तको झोला खोज तलासकाक्रममा सीताकै पसलमा भेटिएपछि छिमेकीहरुले घर निकाला गरेको पिडितको भनाइ छ । घरबाट निकालिएकी राय अहिले उदयपुर सल्ले मै फर्किनुभएको जनाइएको छ ।

घरबेटी तथा छिमेकीले घर छाडेर जान दवाव दिएपछि आफू निस्किएको रायले बताउनुभयो । घटनाबारे रायले अहिलेसम्म कतै उजुरी नदिएको अनौपचारि क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङका प्रमुख डिएम चामलीङले बताउनुभयो । प्रहरीले भने पीडित र पीडक पक्षबीचमा मिलापत्र गराइसकिएको बताएको छ ।