जेठ १६ । खोटाङको दक्षिणी गाबिस चिसापानी बजारमा जारी एकीकृत घुम्ती शिविर सकिएको छ ।

दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यले चिसापानी बजारमा शनिबार बिहानदेखि शुरु गरिएको पाँच दिने घुम्ती शिबिर बुधबार सम्पन्न भएको हो ।

घुम्ती शिबिरमा जिल्ला प्रशासन, निर्वाचन, स्वास्थ्य, कृषि, मालपोत, महिला तथा बालबालिका लगायतका सरकारी कार्यालयहरुले सेवा प्रदान गरेका जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।