जेठ १६ । खोटाङमा बुहारीलाई बगबाद लगाउने जेठाजुलाई सार्वजनिकरुपमा आममाफी मगाइएको छ ।

नाताले बुहारी पर्ने महिलालाई बगबाद लगाउने विजयखर्क–८ का बाँणीबेलास ढुङ्गानालाई बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा भएको सर्वपक्षीय भेलामा सार्वजनिकरुपमै माफी मगाइएको हो ।

छलफलकाक्रममा जेठाजु बाणीबेलासले गल्ती स्वीकार गर्दै आउँदा दिनमा बुहारीलाई यस्तो व्यवहार नदोहो¥याउने प्रतिवद्धता जनाएपछि माफी मगाइएको प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले बताउनुभयो । श्रीमान रमेश ढुंगाना बिदेशमा रहेको अवस्थामा बाणीबेलासले आर्थिक कारोबार सम्बन्धी विवादमा ज्वाँइसँग बगबाद लगाएर बदनाम गरेको भन्दै पीडित महिलाले प्रहरी समक्ष उजुरी दिनुभएको थियो ।

जेठाजुले लगाएको बगबादको विवाद गाउँमै मिलाउने प्रयास असफल भएपछि ढुंगाना कानूनी कारबाहीकालागि बुधबार सदरमुकाम दिक्तेल आउनुभएको थियो । बुधबार राजनैतिक दलहरु समक्ष कारबाहीको माग गर्नुभएका गीतामायाँले बिहिबार जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकारवादी संघसंस्था समक्ष कारबाहीकालागि उजुरी दिने तयारी गर्नुभएको थियो ।

बाणीबेलासले बैंकबाट २० हजार भनेकामा किर्तेगरी २ लाख झिकेपछि उनीहरुबीचमा विवाद शुरु भएको गीतामायाँको आफन्त भवप्रसाद आचार्यले बताउनुभयो । आफु अनपढ भएकाले आफ्नो सबै बैंकिङ कारोबार समेत बाणीबेलासले नै गर्दै आएको गीतामायाँले बताउनुभयो ।