जेठ २१ । खोटाङको दुर्छिममा एक महिने खोजमूलक पत्रकारिता तालिम शुरु भएको छ ।

व्यवसायीय सीप बिकास तालिम केन्द्र ओखलढुंगा र नवकिरण सेवा समाज दुर्छिम खोटाङको आयोजनामा दुई चरणमा पूरा हुने तालिम सोमबार शुरु भएको हो । हलेसी क्षेत्रका बिभिन्न गाबिसका २३ जनाको सहभागीता रहेको तालिममा पत्रकारद्धय उजुर राई र डिएम चामलीङले सहजीकरण गरिरहनु भएको छ ।

तालिममा सहभागीहरुलाई शुरुका पाँच दिन र महिनाको अन्तिममा पाँच दिन पत्रकारिताको सैद्धान्तिक बिषयमा जानकारी दिने र बीचमा रिपोर्टिङकालागि खटाइने आयोजक नवकरिण सेवा समाजका अध्यक्ष चक्रकुमार राईले बताउनु भयो । गाउँमा दक्ष पत्रकार उत्पादन गर्दै सञ्चारको पहुँच बृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको अध्यक्ष राईको भनाई छ ।