जेठ–२८, यस वर्षको एसएलसी परीक्षामा खोटाङका १५ विद्यालयले निल खाएको छ ।
निल खानेमा जलेश्वरी मावि डम्बर्खुशिवालय, जनता मावि बतासे, धिप्लुङ मावि छितापोखरी, सिद्धेश्वरी मावि खिदीमा, बालबालिका मावि मात्तिम, साकेला उमावि रतन्छा, सावित्रा मावि बाम्राङ, दुर्छिम उमावि दुर्छिम, च्यास्मिटार उमावि च्यास्मिटार, दाम्ली मावि डिकुवा, मालिकादेवी मावि बाहुनीडा“डा, सरस्वती मावि पाथेका, सुक्रजीत मावि खार्ताम्छा, राष्ट्रिय मावि बास्पानी र सूर्य मावि सुङ्देलले निल खाएको हो । गत वर्षको एसएलसी परीक्षामा खोटाङका ९ वटा माविले निल खाएका थिए । 
परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष खोटाङ जिल्लामा  १८ दशमलव ४६ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । गत वर्ष १९.९ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । 
जिल्लाभरका ८६ सामुदायिक, दुई निजी, एकवटा खुल्लागरी ८९ वटा माविबाट चार हजार एक सय २७ मध्ये ४७ जनाले विशिष्ट, एक सय छ जनाले प्रथम, पा“च सय ६ जनाले द्धितीय र ९३ जना तृ्तीय श्रेणीमा उतीर्ण भएका हुन् । 
सामुदायिक विद्यालयमध्ये जगदम्बा मावि बुइपा खिरीका विदार्थीले जिल्लाकै बढी ७२ प्रतिशतले उर्तीण गरेका छन् । त्यहा“का २५ विद्यार्थीमध्ये १८ जना विद्यार्थीले उतीर्ण गरेका हुन् । 
त्यस्तै सामुदायिक विद्यालयमध्ये दोस्रोमा पञ्चमावि दिक्तेलले ५८ प्रतिशत, गंगोद्वय मावि दुबेकोलले ५३ प्रतिशत र कृष्ण मावि सिम्पानी बर्रेबाट परीक्षा दिएका ५० प्रतिशत विद्यार्थी उतीर्ण भएका हुन् ।
परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गएको वर्ष चैत गएको चैत १ गते देखि ९ गते सम्म लिएको एसएलसी परिक्षाको नतिजामा ४१ दशमबल ५७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन । 
परिक्षा नियन्त्रण कार्यलयले विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४ जना, पहिलो श्रेणीमा ७६ हजार १ सय ६५ जान, दोस्रो श्रेणीमा ६९ हजार ८ सय ८० जना र तेस्रो श्रेणीमा ५ हजार १६ जना उतिर्ण भएको जनाएको छ । 
यस्तै एक्जमटेड तर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । एक्जाम्टेड तर्फ पहिलो श्रेणीमा १ सय १७ जना, दोस्रो श्रेणीमा ५ हजार ८ सय ४८ र तेस्रो श्रेणीमा २ हजार ३ सय ५३ जना उतिर्ण भएका छन् । 
पनिकाले नतिजा सार्वजनिक गर्ने बित्तिकै शिक्षा बिभागको वेबसाईट http://www.doe.gov.np/, एडुसञ्जाल को वेबसाईट http://edusanjal.com/ मा नतिजा थाहा पाउन सकिन्छ भने http://www.soce.gov.np/http://www.slc.ntc.net.np/http://www.educationsansar.com/ आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।
गएको चैत १ गते देखि ९ गते सम्म भएको परीक्षामा देशभरका पाँच लाख ४७ हजार परीक्षार्थी सहभागी भएका थिए ।