असार–१, साउदीअरबमा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारले चार वर्ष बितिसक्दा समेत क्षतीपूर्ती रकम पाउन सकेका छैनन् । 
बैदेसिक रोजगारको सिलसिलामा चार वर्षअघि साउदीअरबको रियादमा ज्यान गुमाएका मात्तिम–२ का बयानसिं राईको परिवारले पाउने क्षतीपूर्ती रकम हालसम्म पाउन नसकेका हुन् । 
कम्पनीबाट मृतक राईको परिवारले पाउने एक लाख ६३ हजार रकम दोश्रो बिवाह गरिसकेकी जेठी श्रीमतीको नाममा आएपछि बास्तबिक मृतक परिवारले क्षतीपूर्ती पाउन नसकेको आफन्त हिराधन राईले बताउनु भयो । 
बयानसिं बिदेशमा रहेकोबेला दोश्रो बिवाह गरेकी जेठी श्रीमतीको नाममा रकम आएपछि हालकी कान्छी श्रीमती दिलकुमारी राईले क्षतीपूर्ती पाउन नसकेको राईको भनाई छ । आफु बिदेशमा रहेको अवस्थामा जेठी श्रीमतीले दोश्रो बिवाह गरेपछि बयानसिंले उदयपुर त्रिनपा–२ का दिलकुमारीसँग बिवाह गर्नु भएको थियो । बिवाहपछि २०६५ साल जेठ–५ गते मात्तिमबाट त्रिनपा–४ मा बसाइ सर्नु भएका दिलकुमारीले हाल क्षतीपूर्ती रकमकालागि दाबी गर्दै आउनु भएको छ । 
श्रमबिभागमा रहेको सो क्षतीपूर्ती रकम मृतक राईको कान्छी श्रीमती दिलकुमारीलाई दिलाउनकालागि पहल भइरहेको मृतकका आफन्तले बताएका छन् । दोश्रो बिवाह गरेकी जेठी श्रीमतीले आफ्नो नाममा क्षतीपूर्ती रकम आएपनि दाबी गरेका छैनन् । कम्पनीको मेसिनमा पेलिएर राईको साउदीअरबमा २०६६ साल फागुन–२९ गते ज्यान गएको थियो ।