असार–३, खोटाङ र ओखलढुंगाको सिमामा पर्ने दुधकोशीस्थित जयरामघाटमा सञ्चालित बेलिव्रिज निकालिएको छ । 
वर्षा लागेसँगै र नदीमा पानीको मात्रा बढेपछि जयरामघाटको बेलिव्रिज निकालिएको हो । प्रत्येक वर्षको हिउँदभर सञ्चालन गर्ने र वर्षाको समयमा खोलेर राख्नेगरी जयराममा सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज सञ्चालनमा आएको चार महिनापछि निकालिएको सडक बिभागका इन्जिीनियर बिष्णु काफ्लेले बताउनु भयो । 
नदीमा आउने बाढीबाट जोगाउनकालागि बेलीब्रीज निकालिएको काफ्लेले बताउनु भयो । 
बेलीब्रीज निकालिएपछि खोटाङको सिधा यातायात सेवा बिच्छेद भएको छ । हिउँदभरी मात्र सञ्चालन हुनेगरी निर्माण गरिएको बेलीब्रीज अव बर्षा कम भएसँगै र नदीमा पानीको मात्रा घटेपछि पुःन सञ्चालनमा ल्याइने छ । 
जयरामघाटमा सञ्चालित फेरीलाई दुधकोशीले बगाएको आठ महिनापछि त्यसको बिकल्पकारुपमा गत फागुन–१९ गतेदेखि बेलीब्रीज सञ्चालनमा ल्याइएको थियो । बेलिब्रिज निकालिए लगत्तै व्यवसायीले दैनिक उपभोग्य बस्तुको मूल्य बढाएका छन् । 
यसअघि माथिल्लो सगरमाथा अन्तरगत ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको प्रमुख व्यापारिक नाकाकारुपमा रहेको घुर्मीस्थित सुनकोशी नदीमा सञ्चालित बेलीब्रीज पनि गत जेठ तेश्रो हप्ता निकालिएको थियो ।