असार–४, करेन्ट लागेर खोटाङमा दुई जना गम्भीर घाईते भएका छन् । 
मकैबारीमा काम गरिरहेको समयमा करेन्ट लागेर दोर्पाचिउरीडाँडा–२ का श्यामबहादुर खनाल र बाबुराम खनाल गम्भीर घाईते हुनुभएको हो । 
मकै बालीमा मल लगाउनेक्रममा मकैको बोटमा छोएको बिजुलीको तारबाट खनालद्धयलाई करेन्ट लागेको प्रत्यक्षदर्शी धनिराम राईले जानकारी दिनुभयो । 
करेन्ट लागेर श्यामबहादुर बेहोस बन्नु भएको छ, भने बाबुरामको दाहिने पातो नचल्ने अबस्थामा बनेको राईले जानकारी दिनुभयो । घटनाको बारेमा कुनै जानकारी नआएको बिद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ