असार–११, खोटाङमा किरात जनवादी वर्कस पार्टीका पुर्वसैन्य प्रमुख प्रेम खालिङ (कान्छा खम्बू) हतियारसहित पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा वर्कसका पुर्वसैन्य प्रमुख खालिङलाई खाल्ले–९ को कल्छेजंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले बताउनुभयो ।
पार्टीबाट कारबाहीमा परेपछि हाल भूमीगत लिम्बूवान पार्टीका केन्द्रीय सदस्यकारुपमा क्रियासिल खालिङको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
किरात जनवादी वर्कस पार्टीबाट कारबाहीमा परेपछि निष्काशित भएका खालिङले भूमीगत लिम्बूवान पार्टीका ईलाम जिल्ला प्रमुखकारुपमा समेत काम गरिसकेको प्रहरीले जनाएको छ ।