असार–१९, ट्रान्सफर्मर जलेपछि खोटाङको लिच्कीराम्चेका सर्वसाधारणले एक महिनादिन अघिदेखि बिजुली बाल्न पाएका छैनन् ।

२५ केभी क्षमताको ट्रान्सफर्मर जलेपछि लिच्कीराम्चे–१, ४ र ५ वडाका सर्वसाधारणले महिना दिनअघिदेखि बिजुली बाल्न नपाएका हुन् । बिग्रीएको ट्रान्सफर्मर मर्मत गर्नकालागि पटक पटक आग्रह गर्दापनि नेपाल विद्युत प्राधिकरण शाखाले बेवास्ता गरेको स्थानीय लालबहादुर राईले बताउनु भयो । ट्रान्सफर्मर बिग्रीएपछि तीन वडाका दुई सयभन्दा बढि घरपरिवारमा बत्ती बल्न सकेको छैन ।

यसैबीच, नुनथला–७ मा रहेको ट्रान्सफर्मर जल्दा हप्ता दिनअघिदेखि नुनथला–५, ६, ७ र ८ का १३० घरपरिवार पनि बिद्युत सेवाबाट बञ्चित बनेका स्थानीय प्रतापसिं तामाङले बताउनु भयो ।