नेपाल आइडलको टप फाइभमा खोटाङ सुगमस्टार सचिन राई पुग्न सफल हुनु भएको छ ।  टप फाइभमा पुगेसँगै उनले भोटिङका लागि आग्रह गर्नुभएको छ । 
‘नेपाली मन नेपाली पन, नेपालीको आवाज’ भन्ने नारासहित शुरु भएको नेपाल आइडलको आगामी साउन २ गतेहुने फाइनल प्रतिष्पर्धामा जिताउनकालागि खोटाङ सुगमस्टार सचिनले भोटिङकालागि आग्रह गर्नुभएको हो । 
सांगीतिक क्षेत्रमा सम्भावना बोकेर सांगीतिक क्षेत्रमा उदाउँदो नवप्रतिभाशाली सचिनले भोट दिएर नेपाल आइडलमा जिताउनकालागि सबैलाई आग्रह गर्नु भएको छ । उहाँलाई भोट दिनकालागि मोबाइलको मेसेज बक्समा गएर ‘एनआई टाइप गरी एक स्पेश दिएर एच टाइप गरी २०६६’ मा सेन्ड गरी भोट दिन सकिने व्यवस्था छ । खोटाङको रुपाकोट रेडियोका प्राबिधिक, कार्यक्रम प्रस्तोता एबं नेपाल पत्रकार महासंघ शाखाका सदस्य समेत रहनु भएका सचिन दर्शक तथा श्रोताले पठाएका एसएमएस भोटिङका आधारमा नेपाल आइडलको टप फाईभमा पर्न सफल हुनुभएको छ । 
टप हण्ड्रेडबाट टप ट्वान्टी, टप फिप्टिनहुँदै टप फाईभमा पर्न सफल सचिन सबै प्रकारका गीत जस्ताकोजस्तै पस्कन माहिर हुनुहुन्छ । झट्ट हेर्दा पुर्व इन्डियन आइडल प्रशान्त तामाङको सम्झना गराउने सचिन संगीतका पारखीहरुमाझ भर्सास्टायल गायकको पहिचान बनाउनु सफल हुनुहुन्छ । नेपाल आइडलको दृश्य प्रशारण हरेक बिहिबार राती ८:३० बजे एनटिभी टुबाट हेर्न सकिन्छ । खोटाङका सचिन र बिक्रम राई नेपाल आइडलको टप फाइभमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।