असार–२६, खोटाङका बिभिन्न गाबिसमा गठन गरिएको दश वटा नागरिक सचेतना केन्द्रबीच सिकाई आदान–प्रदान गरिएको छ । 
बालसेवा समाज नेपाल नेर्पा खोटाङको दिक्तेलस्थित कार्यालयमा अध्यायन भ्रमणका सिलसिलामा आएका नागरिक सचेतना केन्द्रबीच सिकाई आदान प्रदान कार्यक्रम गरिएको हो । 

उनीहरुबीचमा व्यक्तीगत तथा सामुहिक परिवर्तन र प्रगतीका अनुभव आदान प्रदान भएको छ । जिल्ला बिकास समिति र बालसेवा समाजको समन्वयमा नागरिक सचेतना केन्द्रका पदाधिकारीबीच सिकाई आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । 
कार्यक्रम बालसेवा समाजका अध्यक्ष दिपनारायण रिजालको सभापतित्व तथा स्थानीय बिकास अधिकारी युवराज अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 
दश वटा नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुको टोलीले बुधबार नेर्पा–८ मा रहेको तीनटोलीय नागरिक सचेतना केन्द्रको अध्यायन भ्रमणकासाथै सिकाइ अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ ।