असार–२६, खोटाङको खार्मीमा बृक्षारोपण गरिएको छ । खार्मी–५ मा रहेको खिसापत्रे सामुदायिक बन उपभोक्ता समुहले आफ्नो खाली जग्गामा चाँपका पाँच सय बोट बिरुवा रोपेका हुन् । 
प्रतिबिरुवा १५ रुपैयाँका दरले खरिद गरेर बृक्षारोपण गरिएको बन समुहका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । सामुदायिक बन समुहका पदाधिकारी, स्थानीयबासी लगायतको सहभागीतामा चाँपको बृक्षारोपन गरिएको समुहले जनाएको छ । 
बृक्षारोपन गरेसँगै समुहले बन क्षेत्रमा गाईवस्तु चरिचरणमा रोक लगाएको छ । गाईबस्तुबाट वन क्षेत्रमा रोपिएको बोट बिरुवा जोगाउनकालागि चरिचरणमा रोक लगाईएको बन उपभोक्ता समुहले जनाएको छ ।