असार–३, सरकारले कर्मचारीको तलव बढाए लगत्तै खोटाङमा दैनिक उपभोग्यबस्तुको मूल्या बढेको छ । सरकारी कर्मचारीको तलव बृद्धि भएसँगै सदरमुकाम दिक्तेलका व्यवसायीलेपनि दैनिक उपभोग्यबस्तुको मूल्या बढाएका हुन् । सदरमुकाम दिक्तेलमा लाग्ने शनिबारे तथा बुधबारे हाटमा पाईने खाद्यान्न तथा तरकारीको मूल्या प्रतिकेजी ३० देखि ४० रुपैयाँले बृद्धि गरिएको छ । 
गत हप्ता प्रतिकेजी ८० देखि ९० रुपैयाँमा पाइने दालको मूल्या अहिले १४० रुपैयाँ पुगेको, प्रतिकेजी ६० देखि ७० सम्म पर्ने चामलको मूल्या अहिले ९० देखि १२० रुपैयाँ पुगेको उपभोक्ताको भनाई छ । उनीहरुका अनुशार गत हप्तासम्म प्रतिकेजी ४० देखि ६० रुपैयाँमा पाइने गोलबेँडाको मूल्या ९० देखि १०० रुपैयाँ पुगेको, ६० देखि ७० मा पाइने काउलीको मूल्या १०० देखि १२० रुपैयाँसम्म पुगेको छ । यस्तै, अन्य तरकारीहरुको मूल्या पनि सोही अनुपातमा बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । 
यसैबीच, हाट तथा बजारमा चामल, दाल र तरकारीको भाउ बढेसँगै सदरमुकाम दिक्तेलका होटल व्यवसायीहरुले खानाको मूल्या पनि बढाउन थालेका छन् । आफुहरुले चर्को मूल्या तिरेर खाद्य बस्तुको सामग्री खरिद गर्नु पर्ने भएकाले खानाको मूल्या पनि बृद्धि गर्नुपर्ने अवस्था आएको होटल व्यवसायीहरुले बताएको पत्रकार राजेन्द्र राईले जनाएका छन् ।