साउन–४, बृद्धबृद्धाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका खोटाङका ६ युवाहरुलाई कारागार चलान गरिएको छ । 
पाथेका–४ छेराका ७८ वर्षीय चक्रबहादुर गिरी र उहाँको ७६ वर्षीया श्रीमती लीलामायाँ गिरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाथेका–४ का १८ वर्षीय आशिष राई, १८ वर्षीय तिलकराम पूरी, १७ वर्षीय थामसिं राई, १९ वर्षीय कुमारसिं राई, १७ वर्षीय हिराधन राई र १७ वर्षीय संदेश राईलाई पुर्पक्षकालागि जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको हो । 
जिल्ला अदालत खोटाङको आदेशमा उनीहरुलाई पुर्पक्षकालागि बिहिबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । डाँका गर्ने उद्धेश्यले गत असार–७ गते राती गिरी दम्पत्तीको हत्या परेको आरोपमा उनीहरु भोलीपल्टै पक्राउ परेका थिए । एकान्त र जंगलछेउमा घर भएका बृद्धबृद्धालाई उनीहरुले धारिलो हतियार प्रहार गरी गरेका प्रहरीले जनाएको छ ।