साउन–४, विष सेवनबाट खोटाङमा एक सुत्केरी महिलाको ज्यान गएको छ । 
मेटासिट सेवनबाट दोर्पाचिउरीडाँडा–४ रम्तेटोलकी २२ वर्षीय तेरिका राईको ज्यान गएको हो । विष सेवनबाट गम्भीर बिरामी बनेका राईको उपचारकालागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा बाटैमा ज्यान गएको हो । 
४५ दिनको सुत्केरी अवस्थाकी राईले विष सेवन गर्नुको कारण खुल्न सकेको छैन । 
यातायात सेवाको पहुँच नपुगेको  गाउँबाट बोकेर ल्याउनेक्रममा उनको दोबेलामा ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतकको शव जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम गरिएकोे प्रहरीले जनाएको छ ।