साउन–६, जिल्ला निर्वाचन कार्यालय खोटाङले एक लाख दुई हजार ९ सय २२ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । ५१ हजार चार सय ८५ पुरुष र ५१ हजार चार सय ३७ जना महिलागरी एक लाख दुई हजार ९ सय २२ जनाको नामावली संकलन गरेको हो ।  
आसन्न संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै दुबै निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा टोली खटाएर र कार्यालयमा गरी नामावली संकलन गरिएको निर्वाचन आयोगले जनाएको छ । क्षेत्र नम्बर एकबाट ५१ हजार ६ सय ७० र क्षेत्र नम्बर दुईबाट ५१ हजार ७ सय ४२ जनाको नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकृत श्रीकुमार राईले जानकारी दिनुभयो । 
जिल्लाका विभिन्न ठाउँमा शिविर तथा केन्द्र निर्धारण गरेर नामावली संकलन गर्न आव्हान गर्दा समेत जिल्लाका २४ हजार ७ सय ९० जना सर्वसाधारण छुट भएको अधिकृत राईको भनाइ छ ।