साउन १० । खोटाङमा सामाजिक बहिस्करणमा परेकी एक महिलाले आत्महत्या गरेकी छिन् । खार्मी–९ तुर्खाकी ४० वर्षीया आईतमायाँ राईले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

एउटै वंशकी राईले माइती पर्ने गणेश राईसँग प्रेम विवाह गरेपछि समाजले बहिस्कार गरेका थिए । नाताले चेलीमाइती पर्ने राईद्धयले १७ वर्ष अघि प्रेम विवाह गरेको स्थानीयको भनाइ छ ।

समाजले अस्वीकार गर्दागर्दै विवाह गरेपछि एकान्तमा घर बनाएर बसेकी राईले बहिस्कृत जीवन बिताउन गाह्रो महसुस गर्दै आत्महत्या गरेको हुन सक्ने आशंका छ ।
मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । मृतक राईको दुई छोरा छन् ।