साउन–१६, केटाकेटीले खेलाएको आगो सल्किएर खोटाङमा एक घर नष्ट भएको छ । 
घरमा ठूला मान्छे नभएको समयमा केटाकेटीले खेलाएको आगोबाट सल्किएको आगोले च्यास्मीटार–२ का कालसिं राईको फुसले छाएको घर जलेर नष्ट भएको हो । 
मंगलबार साँझ भएको आगलागीबाट राईको घर तथा घरमा राखिएका अन्न, भाँडाकुँडा, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्रीहरु नष्ट भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । 
प्रहरीका अनुसार राईको दुई लाख ३७ हजार बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । घर तथा आवश्यकीय सामानहरु जलेपछि राईका श्रीमती, दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार बिचल्नीमा परेका छन् । 
आगलागी भए लगत्तै शुरु भएको वर्षाका कारण राई परिवार थप समस्यमा परेको स्थानीय महाशेर क्याम्पा राईले बताउनु भयो । भारी वर्षा हुन थालेपछि राई परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । 
आगलागीबाट राईका बालक छोरालाई उद्धार गरिएपनि धनमाल जोगाउन नसकिएको स्थानीयबासीको भनाई छ ।