साउन–१६, साउदी अरबमा गैरकानुनी रुपमा काम गर्दै आएका खोटाङका थप दुई यूवाले कानुनी मान्यता प्राप्त गरेका छन् ।
साउदी अरवको नर्मुसा कम्पनीबाट भागेर गैर–कानुनीरुपमा नाइफ कम्पनीमा काम गर्दै आएका लिच्कीराम्चे–९ का तारामणी राय र इश्वर खत्रीले कानुनी मान्यता प्राप्त गर्नु भएको हो ।
तोकिएको काम र तलव नपाएपछि भागेर चार वर्षदेखि नाइफ कम्पनीमा काम थालेका राय र खत्रीले सोही कम्पनीमा काम गर्नका लागि कानुनी मान्यता प्राप्त गरेको खोटाङस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रले जनाएको छ ।
कानुनी मान्यताका लागि आफन्तले दिएको निबेदनका आधारमा सूचना केन्द्रको पहलमा उहाँहरुले कानुनी मान्यता पाएको सुचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनुभयो ।
गाविस र जिल्ला प्रशासन कार्यालयवाट आवश्यक कागजातहरु तयार गरि साउदीस्थित नेपाली दुतावास समक्ष पठाउन सहयोग गरेपछि राय र खत्रीले कानुनी मान्यता पाउनु भएको सुचना केन्द्रले जनाएको छ ।
पाँच वर्षअघि काठमाडौंस्थित केबीएल मेनपावरमार्फत अफिस व्यायकालागि भन्दै नर्मुसा कम्पनीमा पु¥याइएका राय र खत्रीलाई सम्भौता बिपरित स्टीलफिक्चरका काममा लगाएको तथा तोकिएभन्दा कम तलव दिएपछि भागेर अर्कै कम्पनीमा पुग्नु भएको थियो ।
यसअघि कम्पनीवाट भागेर गैरकानुनीरुपमा काम गर्दै आएका रतन्छा–८ का शैकुमार राईले पनि कानुनी मान्यता प्राप्त गरिसक्नु भएको छ । साउदी सरकारले बिभिन्न कम्पनीमा गैर–कानुनीरुपमा काम गरिरहेका बिदेशी कामदारहरुलाई गत फागुन १४ गते आममाफीको घोषणामार्फत स्वदेश फर्काउन तथा रोजगारदाता परिवर्तन गर्नकालागि दिएको अवशरको उपयोग गर्दै राय र खत्रीले कम्पनी परिवर्तन गर्नु भएको हो ।
साउदी अरबमा झण्डै ७० हजार नेपाली गैर–कानुनीरुपमा काम गर्दै आएको अनुमान छ । साउदीमा कानुनी मान्यता प्राप्त गर्नका लागि अझै कात्तिक १८ गतेसम्म निबेदन दिन सकिन्छ ।