साउन–१७, खोटाङमा नेपाली कांग्रेसका ६ जना जिल्ला सदस्यहरुले राजीनामा दिएका छन् । 
मनोनित जिल्ला सदस्यहरु नरेशकुमार श्रेष्ठ, प्रकाशकुमार श्रेष्ठ, सुमनबाबु आचार्य, भुवन श्रेष्ठ, ईवन राई र बालानन्द खनालले सामुहिक राजीनामा दिएका हुन् । 
पार्टीभित्रको आन्तरिक विवाद समाधानकालागि केन्द्रीय सदस्य डा. नारायण खड्काको उपस्थितिमा गत जेठ–८ गते भएको निर्णय अनुसार राजीनामा दिएको उनीहरुले बताएका छन् । सहमति कार्यान्वयन गर्दै क्रियासिल सदस्यहरुलाई थप सक्रिय बनाउनका लागि राजीनामा दिइएको जिल्ला सदस्य नरेशकुमार श्रेष्ठले वताउनुभयो । तर, जिल्ला समितिको आन्तरिक विबादका कारण उनीहरुले राजीनामा दिएको श्रोतले जनाएको छ । 
अर्का मनोनित सदस्य भुपेन्द्र राईले भने, पार्टीको निर्णयपछि आफूहरु स्वतः जिल्ला सदस्यको हैसियतमा नरहेकाले राजिनामा दिइरनु नपर्ने प्रतिक्रिया दिनुभयो । कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले राजीनामा बाध्यकारी नभएको उल्लेख गर्नुभएको छ । 
अव सबै कार्यकर्ताहरुसँग छलफल गरि नयाँ जिल्ला समिति पुःर्नगठन गर्ने सभापति राईले बताउनुभयो । केन्द्रीय सदस्य खड्काको उपस्थितिमा सन्तुष्ट र असन्तुष्टपक्षबीच भएको बैठकले मनोनित पदाधिकारी तथा सदस्यहरुलाई बिघटन गर्दै नयाँ समिति गठन गर्ने सहमती भएको थियो ।