साउन–२९, खोटाङका एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ ।
घर नजिकैमा रहेको पोखरीमा डुबेर मात्तिम–७ का तेजिन्द्र राईको ३ वर्षीय छोरा बसन्त राईको ज्यान गएको हो । 
बाम्राङ–५ स्थित मावली घर बस्दै आएका बसन्तको खेल्दै जाँदा पोखरीमा डुबेर ज्यान गएको स्थानीय ललितकुमार राईले जानकारी दिनुभयो । तरकारी खेतीका लागि आकाशे पानी जम्मा गर्ने प्लाष्टिक पोखरीमा डुबेर बालकको ज्यान गएको आफन्तको भनाइ छ ।  
मृतक बालकको शव पोष्टमार्टमपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले जानकारी दिनुभयो ।