साउन–३०, नौं वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवक महिना दिनपछि पक्राउ परेका छन् । 
जिल्लाको उत्तरी गाविस राखा–४ की नौं वर्षीया बालिकालाई बलात्कार गरेर फरार सोही वडाका २६ जापान राई पक्राउ परेका हुन् ।
बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले बाक्सिला–५ मा सोमबार राती करिब एक बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । पक्राउ परेका राईलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएको उहाँले जानकारी दिनुभयो ।
नाताले भतिजी पर्ने बालिकालाई राईले गत असार–२८ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा उल्लेख छ । प्रहरीमा परेको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले राईले पक्राउ गरेको हो ।