भदौ–१७, खोटाङको बुईपामा बार्षिक समिक्षा तथा आगामी दिनको योजना निर्माण सम्वन्धी एक दिने अभिमुखीकरण कायक्रम सकिएको छ । 
दिगो भूव्यवस्थापन कार्यक्रम एसएसएमपीको सहयोगमा बालसेवा समाज नेपाल र स्थानीय कृषि बन तथा बातारण समिति बुईपाको आयोजनामा कार्यक्रम सकिएको हो । 
एसएसएमपीका जिल्ला संयोजक पद्मकिरण राणा, बालसेवा समाजका अध्यक्ष दिपनारायण रिजाल, कृषि प्राबिधिक कमला तामाङ र सामाजिक परिचालक चन्द्रकला भुजेलले सहजीकरण गर्नु भएको कार्यक्रममा कृषि बन तथा वाताबरण समिति र बाल सेवाबीचमा एक लाख ३५ हजार बराबरको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । 
समितिका अध्यक्ष मोहनप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वीस बिकास नियोग एसडिसिका प्रमुख शुसिल श्रेष्ठ, डिआरएस्पीका कमल रेग्मी, भिएसपीका संयोजक महेश पौडेल, साहित्यकार जसराज किराती, प्राचार्य खगेन्द्र राई, दलका प्रतिनिधि, अगुवा कृषक लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको अवशरमा कृषि प्राबिधिक कमला तामाङलाई बिदाई तथा चन्द्रकला भुजेललाई स्वागत गरिएको छ ।