भदौ–२३, खोटाङ सेवा समाज काठ्माडौंको अध्यक्षतामा पुन: राकेश राई चयन हुनुभएको छ । 
समाजको काठमाडौंमा सम्पन्न तेश्रो अधिबेसनबाट राई पुन: अध्यक्षमा चयन हुनुभएको हो । 
१७ सदस्यीय समाजको उपाध्यक्षमा क्षेत्र नम्बर १ बाट भक्तजङ राई र क्षेत्र नम्बर २ बाट बीरेन्द्र राई, महासचिवमा जगतप्रसाद घिमिरे, सचिवमा बाजिन्द्र बिष्ट र कोषाध्यक्षमा बीना राई चयन हुनुभएको छ । 
किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको अधिबेसनबाट बागधन राई, मनीकुमार राई, नरेशकुमार श्रेष्ठ, बाबुराम न्यौपाने र रमेश राई सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ । कार्यक्रममा बीरेन्द्र राईले आर्थिक तथा जगतप्रसाद रेग्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
पुर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, सचिव एबं सतर्कता केन्द्रका अध्यक्ष माधव रेग्मी, भगवती उच्च माबिका पुर्वप्रधानाध्यपक मानिकलाल उदास लगायतको उपस्थिति रहेको थियो । जागीर तथा अध्यायनकाक्रममा राजधानीमा बसिरहेका खोटाङबासीले स्थापना गरेको समाजले जिल्लाको भौतिक, सामाजिक, शैक्षिक सहयोगकालागि सहयोग गर्दै आएको छ ।