भदौ–२८, खोटाङका राहत शिक्षकहरुले आर्थिक वर्ष २०७०÷०७१ को बजेटमार्फत पारित भएको सेवा तथा सुविधा उपलब्ध गराउन माग गरेका छन् । 
जिल्ला शिक्षा कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै राहत शिक्षक संघर्ष समितिले नयाँ बजेट भाषणले सम्बोधन गरेको सेवा तथा सुविधालाई अबिलम्ब कार्यन्वय गर्न माग गरेका हुन् । 
उनीहरुले दुर्गम तथा स्थानीय भत्ताको सुनिश्चित गर्न, शिक्षक सेवा आयोगमा अनुभवबापतको अंक प्रदान गर्न, अन्य शिक्षकलाई सरह पोशाक भत्ता उलपब्ध गराउन आग्रह गरेका छन् । 
यस्तै, अन्य शिक्षक सरह सरुवा, प्रधानाध्यपक, बिषय बिशेषज्ञ तथा केन्द्राध्यक्ष बन्न पाउने व्यवस्था गर्न, राहत दरबन्दीलाई शुद्ध दरबन्दीकारुपमा सिर्जना गरी उमेर हद र सेवा अवधि गणना गर्ने व्यवस्था मिलाउन र बिगतमा भएका सम्झौतालाई यथाशिघ्र कार्यन्वयन गर्न माग गरिएको छ । 
केन्द्रीय निर्देशन अनुशार शिक्षा कार्यालयमा सात बुँदे माग सहितको ज्ञापनपत्र बुझाइएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रबिन सुनुवारले बताउनुभयो ।