असोज-१८, अघिल्लो निर्वाचनमा प्रत्यक्ष तर्फ दुवै क्षेत्र जित हासिल गरेको एमाओवादीले यस पटक खोटाङमा क्षेत्र नं. १ बाट दुर्गाजयन्ती राई र २ बाट देवान किरातीलाई उठाएको छ ।
खोटाङमा कांग्रेसले भने क्षेत्र नम्बर–१ मा महासमिति सदस्य नरेशकुमार श्रेष्ठ र क्षेत्र नम्बर–२ मा जिल्ला सभापति बिष्णुकुमार राईलाई उठाएको छ । तर, क्षेत्र नम्बर–१ मा क्षेत्रीय सचिव श्यामकुमार राई र क्षेत्र नम्बर–२ मा क्षेत्रीय सभापति बिष्णुराज राईले बागी उम्मेदवार दिएका छन् ।
यस्तै, नेकपा एमालेको तर्फबाट १ मा पाँचकर्ण राई र २ बाट बिशाल भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, संघीय समाजवादी पार्टीबाट १ मा देबराज राई तथा २ बाट सनबहादुर राईले मनोनयन दर्ता गराएका छन् भने, राप्रपाको तर्फबाट क्षेत्र नं. १ मा धर्मराज पोखरेल र २ बाट कृष्णकुमारी राईले उम्मेदवारी दिएका छन् ।
   
राप्रपा नेपालका १ जगदिश राजभण्डारी र २ नं. रमेशकुमार केसीले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीबाट १ नं. मा प्रतिमान राई, २ नं. मा कुलप्रसाद शर्मा फुयाँलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नेकपा मालेका तर्फबाट १ नं. मा बयन्द्र केशी र २ बाट ताराकुमार खड्का र संयुक्त जनमोर्चाबाट २ नं. बाट पूर्णबहादुर राईले उम्मेदवारी दिएका छन् । खस समाबेसी राष्ट्रिय पार्टीका तर्फबाट १ कर्णबहादुर कार्की २ नं. बाट गोबिन्द थापाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी शान्ति पार्टीका तर्फबाट १ नं. क्षेत्रबाट भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाले क्षेत्र नं. १ बाट भुपि कोई राई र २ बाट हाङ्दिप राईले उम्मेदवारी दिएको निर्बाचन कार्यालयले जनाएको छ ।