असोज–२३, नेकपा एमालेले आगामी संविधानसभाको दोश्रो निर्वाचनलाई लक्षित गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई युथफोर्सको संयोजक बनाएको छ ।
मङ्गलबार सदरमुकाम दिक्तेलमा सम्पन्न युवा संघको जिल्ला भेला तथा युथफोर्स घोषणसभामार्फत जिल्लामा विभिन्न आपराधिक गतिविधिमा संलग्न सुनिल राईलाई संयोजक बनाएको हो ।
राईमाथि अपहरण, फिरौतीलगायतको मुद्दा अदालतमा बिचाराधिन छ । उनले चार महिनाअघि खयर व्यवसायी जनार्दन रेग्मीलाई कुटपिट र अपहरण गरेका थिए भने, भडारेघाटस्थित सडक कामदारको रकम लुट्नमा समेत संलग्न थिए ।
उनले तत्कालीन माहुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत भडारेघाटमा रकम लुटेका थिए । उक्त घटनामा युथफोर्स तत्कालीन जिल्ला अध्यक्ष दीलचक्र राई समेत संलग्न रहेका थिए । युथफोर्सको क्षेत्रीय भेला आगामी कात्तिक–७ गते हलेसीमा र ११ गते सिम्पानीमा गर्ने योजना समेत बनाएको छ ।