असोज–२३, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा किरात राज्य ईन्चार्ज रामकुमार राई ‘पासाङ’ले आगामी संविधानसभाको चुनावमा आफ्नो पार्टील बहुमत नल्याए जनताको संविधान नबन्ने दावी गर्नुभएको छ ।

वाईसिएल नेपाल खोटाङ क्षेत्र नम्बर–२ ले सिम्पानीमा आयोजना गरेको गाविसस्तरीय भलिबल तथा खुला एकल नृत्य प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ यस्तो दावी गर्नुभएको हो ।

पूर्व सभाषद् समेत रहेका ‘पासाङ’ले अहिलेको चुनाव पहिचान चाहने र नचाहनेहरुका विचमा प्रतिष्पर्दा हुने भएकाले जातीय पहिचान र जनताको संविधान निर्माणका लागि माओवादीलाई दुई तिहाइ मत दिलाउन सबैसँग आग्रह गर्नुभएको छ । आफ्नो पार्टी जातीय पहिचान सहितको संघीय संविधानको पक्षमा भएकाले खोटाङको दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाइ छ ।

पछिल्लो समयम आफ्नो पार्टीमा प्रवशे गर्नेहरुको जनलहर उर्लिएकाले पनि खोटाङको दुबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित भएको ‘पासाङ’ले दावी गर्नुभयो ।

भलिबल तथा खुला एकल नृत्य प्रतियोगिता समापनपछि वाईसिएलले मार्चपास गरेका अखिल क्रान्तिकारी खोटाङका जिल्ला सहसंयोजक मिलन चाहारले जानकारी दिनुभयो ।

कम्ब्याड ड्रेससहितका वाईसिएल नेपालले आफ्नो सक्रियता प्रर्दशन गर्न सिम्पानीबजार मार्चपास समेत गरेको थियो ।