कात्तिक । खोटाङमा ससुरालाई खुकुरी प्रहार गर्ने एक महिला पक्राउ परेकी छिन् । पाथेका–६ का ८० वर्षीय बखतबहादुर राईलाई खुकुरी प्रहार गर्ने आफ्नै ३४ वर्षीया बुहारी अरुणकुमारी राई (रुपा) प्रक्राउ परेकी हुन् ।

घरायसी विवादमा ज्यान मार्ने उद्देश्यले बुहारीले खुकुरी प्रहार गरी शक्त घाईते बनाएपछि बुहारी रुपालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।
घरमै बसिरहेका ससुरालाई शुक्रबार बुहारीले खुकुरी प्रहार गर्दा ससुराको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनचाएको छ ।

घाइते ससुरा बखतबहादुरको जिल्ला अस्पताल खोटाङमा उपचार भईरहेको पारिवारिक श्रोतले जनाएको छ ।