कात्तिक–१४, संघीय समाजवादी पार्टीको सभा बिथोलेपछि एमाले कार्यकर्ताको बचाउ गरेको छ ।

कात्तिक १२ गते सावाकटहरेमा आयोजित संघीय समाजवादी पार्टीको चुनावी सभा एमाले कार्यकर्ताले विथोलेपछि विभिन्न सञ्चारमाध्यमहरूले समाचार सम्पे्रसण गरेपछि त्यसको खण्डन गर्दै बिहीबार विज्ञप्ती मार्फत आफ्नो बचाउ गरेको हो ।

एमाले सम्पे्रसित समाचार भ्रामक भनेको छ । जिल्ला सदस्य कुमार आचार्यले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचारप्रति दुःख व्यक्त गरेको छ ।

२५÷३० जनाको समूहमा एमालेको चुनाव चिन्ह सूर्य अङ्कित टोपी लगाएका एमाले कार्यकर्ताले क्षेत्र नं–२ का संघीय समाजवादी पार्टीका उम्मेदवार सनबहादुर राईको चुनावी सभा बिथोलेको थियो । प्रहरीले पनि सभा नबिथोलेको जनाएको छ । राईले एमाले आफ्नो चुनावी सभा बिथोलेको दाबी गरेका छन् ।