कात्तिक २७ । खोटाङ जिल्लाको दक्षिणी गाविस बड्कादियाले–४ का ३५ वर्षीय नरबहादुर भुजेल मृत फेला परेका  छन् ।
आइतबार धान काट्न गएका भुजेल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । ३ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका भुजेलले नियमित औषधि सेवन नगरेका कारण मृत्यू भएको हुन सक्ने मृतकका दाजु दिलबहादुर भुजेलले बताउनुभयो ।
दुई छोरा र एक छोरीका बाबु भुजेल मृत अवस्थामा भेटिएपछि छिमेकीले परिवारलाई खबर गरेका थिए । धान काटिसकेपछि श्रीमतीलाई घर पठाएर भुजेल घाँस काट्न खेतमै बसेका थिए ।