मंसिर ७ ।  संविधासभाको दोश्रो निर्वाचन अन्तर्गत खोटाङको मत गणनाको परिणाम अनुसार दुवै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर–१ मा नेकपा एमालेका पाँचकर्ण राईले ८ हजार २ सय ३ मत ल्याउनुभएको छ भने, नेपाली काग्रेसका नरेशकुमार श्रेष्ठले ६ हजार ६ सय १८ मत र एकीकृत नेकपा माओवादीका दुर्गाजयन्ती राईले ५ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, क्षेत्र नम्बर–२ मा पनि एमालेकै उम्मेदवार विशाल भटराईले अग्रता कायम गर्नुभएको छ । उहाँले ९ हजार ५ सय ९८ मत प्राप्त गर्नुभएको छ भने, नेपाली काग्रेसका विष्णुकुमार राईले ६ हजार १ सय १ र एकीकृत नेकपा माओवादीका देवान राई ‘पृथ्वी’ले ४ हजार २३ मत  प्राप्त गर्नुभएको मुम्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिनुभयो छ ।

भौगोलिक विकटताका कारण मत पेटिका समयमा नआएकाले तोकिएको समयभन्दा ढिलागरी मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताउनुभयो । दुई निर्वाचन क्षे रहेको खोटाङमा कूल ९९ हजार ६ सय ६२ मतदाता रहेका छन् । क्षेत्र नम्बर–१ मा ५० हजार ६२ र क्षेत्र नम्बर–२ मा ४९ हजार ६ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावी प्रतिस्पर्धामा रहेका १२ दलमध्ये एकीकृत नेकपा माओवादीका प्रतिनिधि भने, केन्द्रको निर्णय भन्दै मत गणनामा सहभागिता जनाएका छैनन् । एमाओवादीले बहिस्कार गरेपनि जिल्लाको दुवै निर्वाचन क्षेत्रको मत गणना जारी छ ।