मंसिर–२०, साउदीअरबमा ज्यान गुमाएको नौं महिनापछि खोटाङका एक युवाको शव स्वदेश ल्याइएको छ । साउदीको हायलभन्ने स्थानमा काम गर्नेक्रममा गत फागुन–२५ गते ज्यान गुमाएका खोटाङको नेर्पा–८ का मनकुमार कामीको शव स्वदेश ल्याइएको हो ।
आफ्नो कम्पनीको काम छाडेर एक निजी घरमा टि–ब्वायका काम गर्दै आएका कामीको शव जन्मथलो नेर्पामा ल्याएर बिहिबार दाहसंस्कार गरिएको छ । मंगलबार काठमाडौं ल्याइएको शव गाडीमार्फत बिहिबार बिहान गाउँमा पु¥याइएको हो ।
नेपाल तथा साउदीको ट्रेड यूनियन महासंघ ९जिफन्ट०को समन्वयमा मृतकको शव स्वदेश ल्याइएको जिफन्ट खोटाङका सचिव मकर राईले बताउनुभयो । मृतककी श्रीमती तारा विश्वकर्माले शव ल्याउन सहयोगका लागि आग्रह गरेपछि जिफन्टमार्फत शव ल्याउन पहल गरिएको सचिव राईको भनाइ छ । राईले भन्नुभयो, ‘हामीले जिफन्टको केन्द्रीय कमिटिलाई कुरा राख्यौं, केन्द्रले साउदीमा रहेको जिफन्टलाई कुरा राख्यो, अनि दुवै देशका जिफन्टले आ–आफ्नो देशका सरकार समक्ष शव ल्याउनका लागि समन्वय ग¥यो ।’
जिफन्टको पहलमा मनकुमारको शव बीनाशुल्क स्वदेश ल्याइएको मृतक परिवारले बताएका छन् । यसअघि शव फिर्ता ल्याउनकालागि साउदी प्रहरीले १० हजार साउदी दिराम ९करिब ४ लाख नेपाली रुपैयाँ० मागेको थियो ।
कार्यरत स्थान र मालिकको पहिचान गर्न समय लागेका कारण कामीको शव ल्याउन ढिलाइ भएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङले जनाएको छ । साथीहरुका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा दुबईबाट फर्किएर पुःन साउदीअरब पुगेका कामीको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
कार्यरत कम्पनीले तोकिएजती मासिक तलव नदिएको भन्दै मनकुमार आफ्नो कम्पनीबाट भागेर अर्कै ठाउँ पगेको मृतककी आमा डम्बरकुमारी कामीले बताउनुभयो । खेतीपातीका कामकालागि काठ्माडौंको पुलचोकस्थित मुनाल ओभरसिजमार्फत कामी २०६९ साल जेठ १६ गते साउदी पुगेका थिए ।
घटना लगत्तै मृतक परिवारले शव ल्याउनकालागि पहल गरिदिन सुचना केन्द्र समक्ष पनि निबेदन दिएका थिए । शव ल्याउनकालागि सुचना केन्द्रले आवश्यक कागजात तयार गरी प्रबासी नेपाली समन्वय समिति समक्ष पठाएको थियो ।