पुस–२, बालिकालाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । स्थानीय ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने राखावाङ्देल–९ का १८ वर्षीय सञ्जीव धौलाकोटी पक्राउ परेका हुन् । 
उनले घरमा कोही नभएको मौका छोपेर गत मङ्सिर–२७ गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो । दोषीलाई कारबाहीको माग गर्दै पीडित बालिकाकी आमा छोरी बोकेर जिल्ला प्रहरी कार्यालय आएकी छन् ।