पुस–२, बुहारीले ससुरामाथि खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएकी छन् । बाक्सिला–२ बस्ने ३२ वर्षीया जमुना तामाङले घरायसी विवादमा ६५ वर्षीय गन्धलाल तामाङलाई घाइते बताएकी हुन् । 
मङ्गलबार बिहान पाँच बजे खुकुरी प्रहर गरी टाउकोमा गहिरो चोट लागेको तामाङको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । खुकुरी प्रहार गर्ने बुहारी जमुना तामाङलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय बाक्सिलाले नियन्त्रणमा लिएको छ ।