माघ । जिल्लामा महिला पत्रकारको संख्या घट्दै गएको छ । पत्रकारिताबाट जीवन निर्वाह गर्न असहज भएका कारण जिल्लामा महिला पत्रकारको संख्या क्रमशः घटेको हो ।

यस वर्ष पत्रकार महासंघको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने महिला पत्रकारहरुको संख्या न्यून रहेको नेपाल पत्रकार महासंघ शाखा खोटाङका कार्यवाहक अध्यक्ष दमन राईले बताउनुभयो । राईका अनुशार शाखाबाट महासंघको नयाँ सदस्याता लिने महिला पत्रकार दुई जना र सदस्यता नवीकरण गर्ने महिला पत्रकार दुई जना मात्र छन् ।

२०६७ सालको जिल्ला अधिबेसनमा महिला पत्रकारको संख्या ७ थियो । जिल्ला शाखामा नयाँ र पूराना गरी २७ जना पत्रकारहरु छन् । पत्रकारिता पेशा अझै व्यवसायीक बन्न नसकै कारण महिला पत्रकार पेशाबाट पलायन हुँदैगएको स्थानीय हलेसी साप्ताहिकका सम्बाददाता जानुका घिमिरेको भनाइ छ ।

जिल्लामा पत्रकारिता जीवन निर्वाह गर्न सक्ने पेशाकारुपमा स्थापित हुन नसकेकै कारण रहर हुँदाहुँदै अन्यत्र पाखा लाग्नुपर्ने बाध्यता आइपरेको महिला पत्रकारहरु बताउँछन् । ५/६ वर्र्षअघि क्रियासिल महिला पत्रकार सञ्जाल डव्लुडव्लुजेमा आवद्ध रहरलाग्दा महिला पत्रकारहरुले समेत आफ्नो पेशालाई निरन्तरता दिन सकेनन् ।

जिल्लामा दैनिकजसो हुने सार्वजनिक कार्यक्रमहरुमा कलम, डायरी, क्यामेरा रेकर्डरकासाथमा रिपोर्टिङकालागि जाने महिला पत्रकारहरु पाउन छाडिएका छन् । निरन्तर प्रशारण÷प्रकाशसनमा रहेका जिल्लाका दुई वटा एफएम, तीन वटा साप्ताहिक, एउटा पाक्षिक र एउटा मासिक पत्रिकामा समेत महिलाको उपस्थिति एकदमै कम छ ।

पत्रपत्रिकामा महिला पत्रकारको ‘बाइलाइन’ सहितका समाचार पढ्न पाउनु दुर्लभ बस्तु झैँ बन्दैगएको खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्री बताउनुभयो । पत्रकारिताबाट पलायन हुँदै गएको महिला पत्रकार वा नयाँ व्यक्तीलाई अहिले झट्ट पत्रकारिता पेशामा उक्साएर ल्याउन सकिने अवस्था पनि नरहेको महासंघ शाखाका सचिव सुर्य तामाङले बताउनुभयो ।

देशमा न्यूनतम श्रमजिवी पत्रकार ऐनलाई अक्षरस कार्यान्वयन गर्ने अवस्था मात्र बन्दिए पनि महिला पत्रकारलाई यो पेशामा टिकाउन सकिने सञ्चार सम्वद्ध पत्रकारहरु बताउँछन् । जिल्लाका कतिपय पुरुष पत्रकारहरुलाई नै पछाडि अन्य पेशा वा व्यवसाय गर्दै पत्रकारकारुपमा देखा पर्नुपर्ने बाध्यता रहेको रुपाकोट खबर पत्रिकाका सम्पादक रामधन राईले बताउनुभयो ।