चैत–११, महिला तथा बालबालिका पुनःस्र्थापना केन्द्रको संरक्षणमा राखिएकी एक बलात्कृत बालिकालाई गाउँ पठाइएको छ । आफ्नै बाबुद्धारा बलात्कृत भएपछि ३७ दिनसम्म पुनःस्र्थापना केन्द्रको संरक्षणमा राखिएकी बाक्सिला ठेगाना भएकी बालिकालाई सोमबार गाउँ पठाइएको हो । 
महिला तथा बालबालिका कार्यालय, जिल्ला वाल कल्याण समिति र महिला तथा बालबालिका पुनःस्र्थापना केन्द्रको पहलमा काकी रेश्मा बस्नेत र गाउँका हजुरआमा पर्ने देवीकुमारी बस्नेतको जिम्मा लगाएर बालिकालाई गाउँ पठाइएको हो । समाजका केही व्यक्तीको धम्कीका कारण गाउँमा पुनःस्र्थापित गराउन नसकिएको १४ वर्षीया बालिकालाई सोमबार आफन्तको साथमा गाउँ पठाइएको जिल्ला बाल कल्याण समिति खोटाङका बाल अधिकार अधिकृत रबिन राईले बताउनुभयो । 
पीडित बालिकालाई गत फागुन–२ गतेदेखि बालसेवा समाजद्धारा सञ्चालित पुनःस्र्थापना केन्द्र दिक्तेलमा राखिएको थियो । दिक्तेलबाट गाउँ जाने आवश्यक खर्च दिएर बालिकालाई आफन्तको साथमा घर पठाइएको बाल अधिकार अधिकृत राईको भनाइ छ । 
बालिकाको सहज पुनःस्र्थापनाकालागि ईलाका प्रहरी कार्यालय बाक्सिला, गाबिस तथा गाबिसमा क्रियासिल राजनैतिक दलका नेताहरुलाई समन्वय गर्नकालागि आग्रह गर्ने निर्णय गरिएको राईले बताउनुभयो । बालिकालाई गाउँमा पु¥याइएपछि उनको पुनःस्र्थापनाकोक्रममा आइपर्ने समस्याका बिरुद्ध सामुहिकरुपमा लड्नका लागि राजनैतिक दल, प्रशासन, प्रहरी लगायतलाई प्रतिबद्धता गराएर मात्र बालिकालाई गाउँ पठाइएको महिला तथा बालबालिका कार्यालय खोटाङका महिला विकास अधिकृत समिक्षा निरौलाले बताउनुभयो । 
महिला तथा बालबालिका कार्यालयमा भएको सर्वपक्षीय बैठकमा बालिकालाई गाउँमा पुनःस्र्थापित भएपछि आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्ने, पुनःस्र्थापनाकोक्रममा बाधा अवरोध आएमा बालिकाको पक्षमा लड्ने र संरक्षण गर्ने लगायतका निर्णयपछि बालिकालाई गाउँ पठाइएको बालसेवा समाजका अध्यक्ष दिपनारायण रिजालले बताउनुभयो । बालिकालाई गाउँमा आइपर्ने समस्याका बिरुद्धमा लड्नका लागि एमालेका सचिवालय सदस्य कुमार आचार्य, एमाओवादीका जिल्ला सदस्य होमकाजी आचार्य, निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेल, स्थानीय विकास अधिकारी युवराज अधिकारी, प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साह लगायतले लिखित प्रतिबद्धता जनाएका छन् । 
मावली घर सोलुखुम्बुको सोताङबाट बालिकाकी आमा र मावली हजुरबुबा दिक्तेलमा आएपनि बालिकालाई गाउँमा लैजान नसकिने भन्दै रित्तै फर्किएपछि बालिकाको पुनःस्र्थापनामा थप समस्या आएको बालअधिकार अधिकृत राईको भनाइ छ । जिल्ला बालकल्याण समिति खोटाङ र सोलुखुम्बुको समन्वयमा बालिकाको आमा र हजुरबुवालाई सोताङबाट दिक्तेल बोलाइएको थियो । 
कक्षा–७ मा अध्यनरत बालिका मावलीबाट घर आएको समयमा गत माघ २९ गते राती बलात्कृत हुनुभएको थियो । बलात्कारमा संलग्न बाक्सिला–७ का ४० वर्षीय कर्णबहादुर बस्नेत भने जिल्ला अदालतको आदेशपछि फागुन–२७ गते पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा राखिएका छन् ।