चैत–२४, खोटाङमा खम्बुवान राष्ट्रिय मोर्चाको जिल्ला कार्य समिति पुनःर्गठन गरिएको छ । मोर्चाका तत्कालीन अध्यक्ष पिके खम्बू नेतृत्वको जिल्ला कार्यसमिति संघीय समाजबादी पार्टीमा विलय भएर गएको लामो समयपछि जिल्ला कार्य समिति पुनःर्गठन गरिएको मोर्चाले जनाएको छ । 
दिक्तेलको हुलाडाँडास्थित पार्टी कार्यालयमा बसेको भेलाले तुलसी तिलुङ खम्बूको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति पुनःर्गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा पञ्चमणी खम्बू र डिल्लीसेर खम्बू, सचिवमा गुणराज खम्बू, सह–सचिवमा माधव खम्बू र कोषाध्यक्षमा चन्द्रकला खम्बू चयन भएको मोर्चाले जनाएको छ ।