30.1 C
Kathmandu
Sunday, April 28, 2024

समाचार

hot news, khotang news

खोटाङ, फागुन २५ । ‘भ्वाइस अफ खोटाङ’को उत्कृष्ट दश प्रतियोगी छनौट गरिएको छ । पाँचौँ अडिसनसम्म आइपुगेका १७ प्रतियोगीमध्येबाट अन्तिम प्रतिष्पर्धाकालागि उत्कृष्ट छनौट गरिएको ‘भ्वाइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले बताउनुभयो । आगामी फागुन–३० गते सदरमुकाम दिक्तेलमा आयोजन गरिने अन्तिम प्रतिष्पर्धाकालागि बुइपाका जीवन्तराज राई, महेश्वरीका उत्तम राई र...
फागुन–२४, जिल्लाको पश्चिमी गाविस दुर्छिमका जेष्ठ नागरिकलाई छाता र टर्चलाईट प्रदान गरिएको छ । नारी दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले गाविसका ५० जना जेष्ठ नागरिकलाई छाता र टर्चलाईट प्रदान गरेको हो । स्थानीय ९० वर्षीय मदनबहादुर राउतसहित दश जना पुरुष र ८९ वर्षीया रनसरी राई सहित ४०...
फागुन–२४, नातीको छेवरमा गएर घर फर्किएका खोटाङका एक व्यक्तिको भीरबाट लडेर ज्यान गएको छ । खार्मी–३ स्थित नातीको छेवरमा गएर घर फर्किएका जालपा–४ का ५३ वर्षीय बलबहादुर राईको भीरबाट लडेर ज्यान गएको हो ।शुक्रबार आयोजना गरिएको छेवरबाट घर फर्किएका राईको खार्मी–१ छेकुखोलास्थित नजिक भीरबाट लडेर ज्यान गएको स्थानीय सर्मिला...
फागुन–२४, दहमा डुबीरहेको अवस्थामा खोटाङमा एक किशोर मृत फेला परेका छन् । दिक्तेल नगरपालिका–६ घर भइ हाल नेर्पा–६ स्थित किसुकुमारी गुरुङको घरमा बस्दै आएका ‘दाउत’ भनिने १७ वर्षीय सलमान दाहाल मृत फेला परेका हुन् । बिहीबार बेलुका घरबाट हिँडेका दाहाल शनिबार दिउसो मृत फेला परेको स्थानीय होमप्रसाद रिजालले जानकारी दिनुभयो...
फागुन–२४, नेपाल तामाङ घेदुङ खोटाङको अध्यक्षमा जसबहादुर तामाङ चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलमा आईतबार सम्पन्न घेदुङको तेश्रो जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो ।  घेदुङका महासचिव कुमार ब्लोनले शनिबार उद्घाटन गर्नुभएको तेश्रो जिल्ला अधिवेशनले तामाङलाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको पत्रकार सुर्य तामाङले जानकारी दिनुभयो...
फागुन–२३, नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका महासचिव कुमार ब्लोनले आफुहरु पहिचान सहितको संघीयताको पक्षमा स्पष्ट रहेको बताउनुभएको छ । शनिबार नेपाल तामाङ घेदुङ खोटाङको तेश्रो जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव ब्लोनले यस्तो बताउनुभएको हो ।  नेपाल तामाङ घेदुङ खोटाङको तेश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत गीत गाउँनुहुँदै गायक...
फागुन–२३, पेशागत सुरक्षाका लागि खोटाङमा कार्यरत उच्च माबि शिक्षकले संघर्षको तयारी गरेका छन् । उच्च माबि तहलाई सरकार मातहतमा ल्याउनुपर्ने, शिक्षा ऐन संशोधन गरी उच्च माध्यमिक शिक्षकको व्यवस्था गरिनुपर्ने, शैक्षिक सुधार लगायतका माग पूरा गर्नकालागि उच्च माबि तहका पुर्णकालिन शिक्षकले मोफसलबाटै संघर्षको तयारी गरेको बताएका छन् ।  यसकालागि जिल्लामा कार्यरत...
फागुन-२३, सदरमुकाम दिक्तेलका २१ खुद्रा पसलबाट म्याद नाघेका भारी मात्रामा उपभोग्यवस्तु जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, चाउचाउ, तेल, हल्का पेयपदार्थ, मिनेरल वाटर, टुथपेस्ट, पोका दूध, हर्लिक्स, चक्लेट, सुपारी, मिठाइ, चिजबललगायत एक ट्र्याक्टर सामान जफत गरिएको सहायक प्रजिअ अर्जुन...
नेपाल तामाङ घेदुङ खोटाङको तेश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा स्वागत गीत गाउँनुहुँदै गायक तथा सँगीतकार पृथी जिम्बा ।  तस्बिरः हाम्रो खोटाङ डटकम
फागुन–२२, सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्लामा वैदेसिक रोजगार सम्बन्धी सडक नाटक प्रदर्शन सुरु गरेको छ । वैदेसिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्देश्यले परियोजनाले ‘कथा विदेशको’ नामक सडक नाटक प्रदर्शन सुरु गरेको हो ।  जिल्लाको हौंचुर, जालपा, माक्पा, ऐसेलुखर्क, ज्यामिरे, महेश्वरी, जलेश्वरी, राखावाङ्देल, बाक्सिला, सप्तेश्वर, खार्मी लगायतका...